हिमालय मा.वि.लाई ज्योति विकास बैंकको आर्थिक सहयोग
नेपालबहस संवाददाता
माघ २६, २०७७ मंगलबार ०:२:४९
२६ माघ, काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाईसहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हो।
विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीले हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीरत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरालक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागी रु. २ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेका थिए।
हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० भन्दा बढी विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो ।
नेपाली समाजमा स्थानीय तहमा सुशुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको सूचना अधिकारी रामहरि आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार