युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार ५:५४:६
२६ माघ, काठमाडौं । ‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसाियक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई जितेर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन् ।
यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते । यसै गरी द फेशको अन्य उपाधि तर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईससँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।
वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको सो प्रतियोगिताको विशेष निर्णायकमा अभिनेता अनुप बिक्रम शाही तथा निर्णायकहरुमा मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दाश, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए । झम्सिखेलको अर्वन पार्टी हबमा सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाईनरहरुको नयाँ फेशन डिजाईन प्रतियोगीहरुले र्याम्पमा प्रस्तुत गरेका थिए ।
ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेशन, लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनहरुमा सजिएर प्रतियोगीहरु र्याम्पमा उत्रिएका थिए । आयोजक तथा वी क्यान फ्लाईका सिईओ सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यवसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको कार्यक्रममा बताए ।
अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागाई, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजल बिक्रम शाही थिए । द फेसका बिजेताहरुलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्बन्धि अबसर प्रदान गर्ने कार्यक्रम संयोजक समीक्षाले बताईन् । द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरु, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार