हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १३:१९:३
२७ माघ, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याएको आइपीओ भर्ने आज अर्थात माघ २७ गते अन्तिम दिन हो । सोमबार साँझसम्ममा कम्पनीको आईपीओमा ६ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा सोमबार साँझसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ६.१ गुणा धेरै हुन आउछ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार