नगद पुरस्कारसहित ९० जना आमा सम्मानित
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:१८:५७
२७ माघ, दुल्लू । स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुरस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ ।
दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका आमालाई नगद रु दुई हजारसहित प्रमाणपत्र दिएर सोमबार सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले जानकारी दिए । “चालू आर्थिक वर्षमा २० वर्षपछि बिहेवारी गर्ने र स्वास्थ्यका मापदण्ड पूरा गर्ने आमालाई सम्मान गर्न नगरपालिकालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ”, खड्काले भने । बालविवाह अन्त्य, गर्भवती आमासहित बच्चा स्वास्थ्य, मातृमृत्यु दर शून्यमा झार्ने उद्देश्यले आमा सम्मानका लागि नगरपालिकाले काम नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार