नवलपरासीमा एघार हजार बढी मतदाता थपिए
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:२३:२१
२७ माघ,कावासोती । नवलपरासी जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । ‘नवलपुर’मा गत निर्वाचन भन्दा ११ हजार ४०९ नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्माका अनुसार गत निर्वाचनका समयमा नवलपुरमा कूल दुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै यो सङ्ख्या बढेर हाल कूल मतदाता सङ्ख्या दुई लाख ३३ हजार १२३ पुगेको हो ।
नवलपुरमा हाल एक लाख २३ हजार ५५२ महिला, एक लाख नौ हजार ५६७ पुरुष र तेस्रो लिङ्गी चार मतदाता रहेका छन् । यही माघ १६ र १७ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएको थियो । मृत्यु भएका, बसाइँसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका लगायतका मतदाताको सङ्ख्या घट्ने उनले बताए ।
नवलपुरमा अद्यावधिकबाट करीब ३० मात्रै मतदाता घट्नसक्ने देखिएको कार्यालयले जनाएको छ । मृत्यु भएकाको नामावली आए पनि नागरिकता नम्बरसहित नआउँदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हुँदा कम मात्रमा सङ्ख्या घट्ने देखिएको छ । मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघरपरिवारका सदस्यले खासै चासो नदिँदा यो सङ्ख्या घट्ने अवस्था कम भएको उनले बताए । अद्यावधिकपछिको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाइने र आयोगले अन्तिम नामावली पठाएपछि एकिन मतदाताको सङ्ख्या थाहा हुने प्रमुख शर्माले बताएका छन् ।
यस्तै जिल्लामा एउटा नयाँ मतदानस्थल थप हुने भएको छ । केही मतदानस्थल सार्ने तथा केहीको नामावली सच्याइने कार्यालय जनाएको छ । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका– ३५० जना मतदाता २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालिका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको जनाइएको छ ।
यसैगरी हुप्सेकोट गाउँपालिका–४ स्थित साविक गाविस भवनमा रहेको मतदानस्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने भएको छ । मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्यचौकीमा रहेको मतदानस्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केही मतदानस्थलको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको कार्यालय प्रमुख शर्माले बताए ।
सरकारले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्ने काम सकेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार