नवलपुरको चार निर्वाचन क्षेत्रमा ९९ योजना छनोट
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:३४:३६
२७ माघ,नवलपरासी । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ९९ योजना छनोट गरिएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्लाका चार निर्वाचन क्षेत्रमा ९९ योजना छनोट गरिएको हो ।
प्रदेशको निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रका लागि रु दुई करोड विनियोज हुँदै आएको छ । चार निर्वाचन क्षेत्रका लागि प्राप्त रु आठ करोड बजेटबाट ९९ योजना छनोट गरिएको हो ।
प्रदेशसभा सदस्यले नवलपुरका चार निर्वाचन क्षेत्रका लागि चालू आर्थिक वर्षको बजेटबाट ९९ योजना छनोट गरेका हुन् । प्रदेशको एउटा निर्वाचन क्षेत्रमा बढीमा २५ योजना छनोट गर्नुपर्ने प्रावधानअनुसार तीनवटा क्षेत्रमा २५÷२५ का दरले योजना छनोट गरिएको छ । नवलपुरको निर्वाचन क्षेत्र २ ९ख० मा भने २४ योजना छनोट गरिएको छ ।
छनोट गरिएका योजनामा धेरैजसो पूर्वाधार तर्फ सडकको स्तरोन्नति योजना रहेका छन् । चारवटै क्षेत्रमा सडक निर्माणका योजना धेरै रहेका छन् । यस्तै शिक्षा तर्फ विद्यालयका भवन निर्माण, पर्खाल निर्माण, कृषि तर्फ केही सिँचाइका लागि बाँध कुलो निर्माण मठ, मन्दिर निर्माणका योजना छनोट गरिएको छ ।
समाजिक सङ्घ संस्थाका भवन निर्माण र खेलकूद तर्फका योजनासमेत चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा समेटिएको छ । चालू आर्थिक वर्षमा सडक स्तरोन्नति, शिक्षा, कृषि, खेलकूदलगायतका क्षेत्रलाई प्राथमिकता दिएर योजना छनोट गरिएको बताएको छ ।
जिल्लाका सबै क्षेत्रमा प्रायः उस्तै खालका योजना छनोट गरिएका छन् । छनोट गरिएका योजना कार्यान्वयका लागि यस वर्ष पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिइएको छ । गत वर्षसम्म जलस्रोत तथा सिँचाइ विकास डिभिजनमार्फत प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुँदै आएकोमा यस वर्षदेखि पूर्वाधार विकास कार्यालयमार्फत काम गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने गरी प्रत्येक योजनाको कार्यान्वयनका लागि प्राविधिकलाई जिम्मेवारी बाँडफाँड गरिएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार