झापामा क्यान्सर रोगीको संख्या बढदो
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:५४:३८
२७ माघ,झापा । झापामा क्यान्सर रोगीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ ।
प्रदेश नं १ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका रोगी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । एक वर्षअघि विर्तामोडमा स्थापना भएको यो अस्पतालमा सोही अवधिमा १८ हजार ४४५ जनाले क्यान्सरकै उपचार गराएका छन् । जसमध्ये दुई हजार ९४५ जना क्यान्सरका नयाँ बिरामी थिए । अस्पतालका अनुसार एक वर्षको अवधिमा अस्पतालमा ५८० जना क्यान्सरका बिरामीको शल्यक्रिया र ६५४ जनाको रेडियोथेरापी विधिबाट उपचार गरिएको छ ।
गत एक वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दुई हजार ९४५ जना नयाँ बिमारीमध्ये आधा झापाकै छन् । अस्पतालकाअनुसार सो अवधिमा एक हजार ४६२ जना क्यान्सरको उपचारका लागि आएका नयाँ बिरामी झापाकै थिए । मोरङबाट ४३१ र सुनसरीबाट २९६ जना नयाँ बिरामीले क्यान्सरको उपचार लिएका छन् ।
झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालसहित नेपालमा क्यान्सर अस्पतालको सङ्ख्या पाँचमात्र छ । क्यान्सरको उपचार प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १२ छ भने मुलुकभरिमा क्यान्सर रोग विशेषज्ञको सङ्ख्या ६० मात्र छ । आर्थिक वर्ष २०७६÷७७ मा झापामा एक हजार ३२१ जना क्यान्सरका बिरामीले जनही रु एक लाखको विपन्न कोषबाट उपचार सहायता लिएका छन् । बिरामीले एकपटक मात्र यस्तो सहायता पाउँछन् ।
उक्त अवधिमा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न उपचार कोष लागू भएको थिए । सो अस्पतालमा उपचार गराएका एक हजार ४६२ र अन्य अस्पतालमा उपचार गराउँदा सहयोग पाएकाहरुको सङ्ख्या जोड्दा झापामा गत वर्ष दुई हजार ७८३ जना क्यान्सरका नयाँ बिरामीको पहिचान भएको देखिन्छ । मुलुकबाहिर गएर उपचार गराउनेको सङ्ख्या यहाँ सामेल छैन । चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार