दोश्रो नाट्यश्वर म्युजिक : राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १८:५०:१७
२७ माघ, काठमाडौं । संगीत क्षेत्रका विभिन्न ४८ विधामा अवार्ड वितरण गर्दै आइतबार दोस्रो नाट्यश्वर म्युजिक अवार्ड सम्पन्न भएको छ। नुवाकोटको विदुरमा भएको कार्यक्रममा गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरुमध्येबाट उत्कृष्ट भएकाहरुलाई म्युजिक अवार्ड वितरण गरिएको हो।
‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित नाट्यश्वर म्युजिक अवार्डको दोश्रो संस्करण नुवाकोटको विदुरमा गरिएको हो।
कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आयोजकका तर्फबाट सिंहलाई नगद ११ हजारसहित अवार्ड प्रदान गरेका थिए।
कलाकार देशका गहना भएका कारण आआफ्नो क्षेत्रबाट देशमा सकारात्मक सन्देश दिने गतिविधिलाई वढावा दिनुपर्ने नेता केसीले बताए। कलाकारितालाई राजनीति भन्दा बाहिर राखेर हेरिनु पर्ने सुझाव दिँदै नेता केसीले कलाकारहरुले देश परिवर्तनका लागि महत्वपूर्ण सन्देश दिएर सत्मार्गमा लैजान सक्ने बताए।
आधुनिक, पप, लोकदोहोरी तथा मेन्दोमायालगायत मूल विधालाई आधार बनाएर अवार्ड वितरण गरिएको कार्यक्रमका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए। कार्यक्रमका संयोजक करिण अधिकारीका अनुसार गायन तथा संगीत क्षेत्रका विविध ४८ विधामा ६० जना कलाकारलाई अवार्ड वितरण गरिएको थियो।
अधिकारीका अनुसार कला क्षेत्रको विकास तथा कलाकारको सम्मानका लागि गत वर्षदेखि सो अवार्ड सुरु गरिएको हो। सर्वोत्कृष्ट राष्ट्रिय भाव शब्दतर्फ सुन्दर पन्त र पब्लिक च्वाइसतर्फ चन्द्रलाल तामाङ उत्कृष्ट भए।
लोकदोहोरीतर्फ विष्णु खत्री, मेनदोमायातर्फ रोम लामालगायतले अवार्ड हात पारे। आयोजकले कलासंस्कृति संरक्षणका लागि योगदान पु¥याएको जनाउंदै नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका तथा जिल्ला समन्वय समिति तथा सहयोगी संस्था साकुरा कन्सल्टेन्सीलाई सम्मान गरेको थियो।
कला तथा रंग पत्रकारितामार्फत कला, संस्कृति तथा संरक्षणमा कलम चलाएको जनाउंदै आयोजकले विभिन्न सञ्चारमाध्यममा कार्यरत पाँच जना पत्रकारहरुलाई समेत सम्मान गरेको थियो। नुवाकोटमा रहेर दुई दशक बढी समयदेखि रंग तथा कलाक्षेत्रमासमेत कलम चलाउंदै आएका देवचन्द्र भट्ट, दिपज्योति थापा, निमेष गौतम, बाबुराम सिग्देल र राममणि ढकाल सम्मानित भएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
मोडल तथा अभिनेत्री नम्रताको बिकिनी तस्बिर सार्वजनिक
माघ ११, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार