बाग्लुङमा बालबालिकाको पठनसीप बढाउन अभियान
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:२७:१६
२७ माघ,बाग्लुङ । कक्षा १ देखि ३ सम्मका बालबालिकामा पठनसीप विकास गर्न जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) लागू गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) को आर्थिक÷प्राविधिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
नेपाली पहिलो भाषा भएका र नेपाली दोस्रो भाषा भएका सामुदायिक विद्यालयका बालबालिकाको पठनसीप अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको (एनइजिआरपी) ले जनाएको छ । प्राररम्भिक तहका बालबालिकाको पठनसीप कमजोर पाइएपछि सरकारले सन् २०१४÷०१५ देखि उक्त कार्यक्रम शुरु गरेको थियो । पहिलो चरणमा १६ जिल्लामा लागू भएको कार्यक्रम यस वर्षदेखि बाग्लुङसहित ३८ जिल्लामा विस्तार गरिएको हो ।
कार्यक्रम कार्यान्वयनका लागि जिल्लाभरका ५१७ सामुदायिक विद्यालयमा सन्दर्भ सामग्री पु¥याइएको छ । कक्षागत पुस्तकालय निर्माण, शिक्षण सामग्रीलगायत व्यवस्थापकीय कामका लागि स्थानीय तहमार्फत प्रत्येक विद्यालयमा रु नौ हजारका दरले बजेटसमेत उपलब्ध गराइएको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पनि स्थानीय तहलाई नै तोकिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले नै तयार पारेका सन्दर्भ सामग्रीको प्रयोगमार्फत बालबालिकाको पठनसीप अभिवृद्धि गर्न कक्षा शिक्षकका लागि तालीम र पेशागत सहयोग प्रदान गरिने छ । रमाइला र चित्रात्मक सन्दर्भ सामग्रीलाई बालबालिकाले घर लगेर पढ्ने र पछि फिर्ता गर्ने प्रबन्ध मिलाइएको छ । ती सन्दर्भ सामग्री बजारमा किन्न पाइँदैन । प्रारम्भिक कक्षाको पढाइसँग सम्बन्धित शैक्षणिक र सन्दर्भ सामग्रीको विकास तथा वितरण ‘ एनइजिआरपी’ले मात्र गर्छ ।
यस्तै कक्षा २ र ३ का बालबालिकालाई ‘एनइजिआरपी’ले निर्धारण गरेको अभ्यास पुस्तीकासमेत उपलब्ध गराउन स्थानीय तहले तयारी थालेका छन् । कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न स्थानीय तहदेखि शिक्षासँग सरोकार भएका पक्षको क्षमता विकास, समुदाय एवं अभिभावक परिचालन र विद्यार्थी मूल्याङ्कनलाई पनि निरन्तरता दिइने जनाइएको छ ।
‘एनइजिआरपी’ले मन्त्रालयले लागू गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमलाईसमेत टेवा पु¥याउने विश्वास लिइएको छ । कार्यक्रमको प्रभाव मूल्याङ्कनका आधारमा एक शब्द पनि शुद्धसँग पढ्न नसक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी ४५ प्रतिशतबाट ३० प्रतिशतमा झरेको छ । यस्तै एक शब्द पनि शुद्धसँग पढ्न नसक्ने नेपालीबाहेक अन्य भाषा मातृ भाषा भएका विद्यार्थी ६७ प्रतिशतबाट घटेर ५५ प्रतिशतमा पुगेको छ । कार्यक्रम लागू भएपछि शुद्धसँग पढी बोध गर्न सक्ने विद्यार्थी प्रतिशत पनि बढेको पाइएको छ ।
पैतालीस शब्द पढी ८० प्रतिशत बोध गर्न सक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी २.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ । यस्तै नेपालीबाहेक अन्य माृत भाषा भएका विद्यार्थी ०.१ प्रतिशतबाट १.० प्रतिशत पुगेको छ । नेपाली मापदण्डअनुसार कक्षा १ देखि ३ सम्मका बालबालिकाले ६० शब्दमध्ये ४० शब्द शुद्धसँग पढ्न सक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार