बङ्गलादेशबाट मल ल्याउने तयारी सुरू
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:४८:३१
काठमाडौँ, २७ माघ । बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बङ्गलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । “हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ”, उनले भने, “बङ्गलादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल हामीलाई दिने भनेको छ, दैनिक जति मल उत्पादन हुन्छ । हामीले छनोट गरेको कम्पनीले सोही अनुसार विभिन्न लटमा ढुवानी गर्छ ।”
ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनले जानकारी दिए । पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।
कृषि सागम्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।
नेपालले बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता गरेको थियो । बङ्गलादेशबाट रासायनिक मल खरीदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको करीब दुई महिनापछि बल्ल मल ढुवानीको प्रक्रिया शुरु भएको हो । कम्पनीले पहिलो लटको मल बिहीबारसम्म नेपालमा ढुवानी हुने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार