सञ्चालकहरुसँग विवाद बढ्दै गएपछि सनराइज बैंकका सीईओले दिए राजीनामा
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २०:५६:५१
२७ माघ, काठमाडौं । सञ्चालकहरुबीच लगातारको विवादपछि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । उनलाई २०७६ असार २९ गते बैंकले प्रमुख कार्यकारी बनाएको थियो ।
सीईओ नियुक्ति कै विषयमा शुरुदेखि नै सञ्चालक समितिमा विवाद परेको थियो । त्यो विवाद बढदै राष्ट्र बैंकसमक्ष पनि पुगेको थियो । विवाद साम्य हुनुको साटो झन् बढदै गएपछि उनले राजीनामा दिएको बताइएको छ ।
सीईओ भएको केही समयपछि देखिनै बैंकका केही सञ्चालकहरुसँग उनको कुरा मिल्न छाडेको थियो । बैंकका अध्यक्ष मोतीलाल दुगड र अन्य सञ्चालकहरुबीचको विवादमा उनी अध्यक्षको पक्षमा देखिएपछि अन्य सञ्चालकहरु उनीसँग रुष्ट थिए ।
तर राजीनामा गर्नुअघि उनले सोमबार मात्रै नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई बढुवा गरेका थिए । ग्लोबलमा सँगै काम गरेकी उनलाई सीईओ पौड्याल कै जोडबलमा सनराइज भित्र्याइएको थियो ।
करिब ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका थिए । उनले सन् १९८७ मा इन्ट्री लेभलबाट करियर सुरु गरेका हुन् । नबिलमा ११ वर्ष काम गरेपछि उनी एनआईसी बैंकमा पनि काम गरेका थिए ।
एनआईसी बैंकको स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैंक स्थापनाको प्रक्रिया थाल्न त्यता गए । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि उनी अध्ययनका लागि लन्डन गएर साढे चार बर्ष त्यहाँको बैंकमा पनि काम गरेका थिए ।
त्यसपछि उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकका रूपमा भित्रिएका थिए । ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए । ग्लोबल आईएमई बैंकमा पनि अध्यक्ष चन्द्र ढकालसँग विवाद बढेपछि दुई वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएर उनी बाहिरिएका थिए ।
२ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार
सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, १७ औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार