आयोगबाट शीतलनिवास हान्निए ओली
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २२:१७:३४
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली आउने बैशाखमा निर्धारित चुनाव गर्न बाहिर जति आतुर देखिन्छन्, भित्रभित्रै सत्ता लम्ब्याउने षडयन्त्रमा पनि त्यत्तिकै सक्रिय छन् । आज बिहानै ओली निर्वाचन आयोग पुुगेर निर्वाचन प्रक्रिया जारी राख्न निर्देशन दिन पुगे । आयोगमा उनले निर्धारित समयमै निर्वाचन गर्न आयोगलाई आफू आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।
उनीसँगै गएका पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले पनि वैशाखमै चुनाव गर्न आयोगले तयारी तीब्र बनाएको बताएका थिए ।
यसरी बाहिर देखिंदा ओली पक्षले चुनाव नै समस्याको एकमात्र समाधान भएको सन्देश सञ्चार गरेको छ । तर भित्री रुपमा भने वैशाखमा चुनाव गर्दा जनताले धोवी चुटाई गर्ने बुझेका छन् । त्यसैले आन्तरिक छलफलमा भने ओली आउने मंसिरमा चुनाव सार्ने पक्षमा लाग्न निर्देशन दिने गरेका छन् ।
यस प्रयोजनका लागि उनी सर्वाेच्चको सुनुवाई पनि केही लम्बियोस् भन्ने चाहन्छन् । सेटिङ मिलेको हल्ला चलाएर भएपनि उनी सर्वाेच्चलाई प्रभावित पार्न चाहन्छन् ।
तर आन्तरिक रुपमा चुनाव भन्दा सत्ता नै लम्ब्याउने उनको दाउ रहेको प्रष्ट छ । त्यसैले उनी अनेक तानावाना गरिरहेका छन् । त्यसैको संकेतका रुपमा ओलीले भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । निर्वाचन आयोगबाट ओली सिधै शीलतनिवास पसेका छन् । ओली र राष्ट्रपतिबीच अहिले पनि छलफल जारी छ ।
ओलीको यो अकस्मातको भेटघाटले निर्वाचनको संभावनालाई समेत जोडेर हेरिएको छ । बैशाखमा निर्वाचन नहोस् भन्ने ओलीको चाहना पूरा गर्न अब कस्तो फण्डा गर्ने हुन् भन्ने कौतुहल धेरैमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार