वित्तीय निकाय बलिया र सक्षम भए उद्योग व्यवसाय फष्टाउछ : गोल्छा
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २३:५९:१५
२७ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यवसाय फष्टाउने बताएका छन् । महासंघ अन्तगर्तको बैंक, वित्तीय तथा बीमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले बैंक, वित्तीय तथा बीमा समिति महासंघको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए ।
अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रमलगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको समेत जानकारी गराए । सो एकाइ साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही एकाइमार्फत नै समाधान गरी उद्यमी व्यवसायीलाई राहत दिने आफूहरूको लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसमा छिट्टै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मकरूपमा महङ्गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकामा जोड दिए।महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैंकिङ क्षेत्र बीच कहिलेकाहीँ तनावको अवस्थासमेत आउने गरेको विगतको यथार्थतालाई ध्यान दिई समितिले अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए । समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यसाय दुवै क्षेत्र फष्टाउने वातावरण बन्नुपर्नेमा उनको जोड थियो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले समितिले तयार गर्ने सुझाव साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके बढी फलदायी हुने धारणा व्यक्त गरे । महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति आज विस्तार गरिएको छ । समितिका सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता छन ।
समितिका सदस्यमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहने महासंघले जनाएको छ ।
समितिका आमन्त्रितमा महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार