सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर २६ लाख ठगी
नेपालबहस संवाददाता
माघ २७, २०७७ बुधबार ३:५:४४
२७ माघ, काठमाडौं । सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन ।
महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौँ रकम गुमाउन पुगेका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायतबाट सिङ्गापुर, लण्डन, कोरियाको नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै रु २६ लाख ठगी गरेको पाइएको छ ।
यसरी ठगीमा झापाका ३० वर्षीय पङ्कज पौडेल रहेको र उनलाई थप कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ । उनले कतिपयलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको पाइएको छ ।
उनले रकम निकाल्दा रकम पठाएका व्यक्तिको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र पेश गरी रकम लिने गरेको पाइएको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट रु एक करोड ९५ लाख प्राप्त गरेका अभिलेख फेला परेको छ ।
प्रहरीले उनको साथबाट रु १३ लाखसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामग्री फेला परेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार