महोत्तरीमा प्राविधिक शिक्षालयका लागि जग्गादान
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १६:४५:५८
२८ माघ,महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ मा प्राविधिक शिक्षालय भवनका लागि १० कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । गौशाला–१२ कै बासिन्दा पुराना वामपन्थी नेता महेन्द्र लामाले शिक्षालय भवनका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने १० कठ्ठा जग्गा दान गरेका हुन ।
भवन निर्माणको शिलान्याससमेत गरिएको सो जग्गा मालपोत कार्यालय महोत्तरीबाट प्राविधिक शिक्षालय गौशालाका नाममा दर्ता पनि भइसकेको छ । प्राविधिक शिक्षालय भवन निर्माणका लागि जग्गा प्राप्त भएर थप सहयोग पाइन थालेपछि भवन निर्माणको कामले गति लिएको छ । आफ्नै नगरपालिकाको स्रोत, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुने सहयोग र शिक्षाप्रेमीबाट थप सहयोगको प्रतिबद्धताले शिक्षालय भवन चाँडै नै तयार हुदै छ ।
यसैबीच गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयुर्वेद विज्ञान विषयको डिप्लोमा तहको पठनपाठन शुरु गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटइभिटी० को आवद्धता र स्वीकृतिमा सञ्चालन गरिएको आयुर्वेद विज्ञान विषयको पठनपाठनबारे सामाजिक चासो निकै बढेको छ । परिषद्सँगको समन्वयबाट गौशाला नगरपालिकाले आयुर्वेद विषयको पठनपाठन सञ्चालनमा ल्याएको हो । आयुर्वेद विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने राष्ट्रिय मावि कान्तिबजार प्रदेश नं २ कै पहिलो विद्यालय बनेको छ ।
आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर यो प्राचीन विषयबारे आम चासो बढाउँदै मानिसको जीवन पद्धतिसँग जोड्न आफ्नो ठाउँमा आयुुर्वेद विषयको पठनपाठन शुरु गरिएको हो । पछिल्लो कालमा पश्चिमा विज्ञानतर्फ आकर्षण बढेकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएको हुँदा तीनै तहका सरकारको प्रयत्नमा प्राचीन यो विषयलाई जीवन्त बनाउन लागि परिएको हो ।
गौशाला नगर क्षेत्रमा आयुर्वेद अस्पताल स्थापनाको कामले पनि गति लिएको छ । यस प्रयोजनका लागि प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद अस्पताल निर्माणका लागि रु ३० लाख बराबरको सहयोग प्राप्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार