व्यवसायिक रुपमा सुन्तला उत्पादन हुँदै
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:३४:१२
२८ माघ, उदयपुर । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यवसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार गत वर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर छ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन हुन पुगेको प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताए । यस वर्ष जिल्लामा रु १५ करोड भन्दा बढी मूल्यको सुन्तला उत्पादन हुन पुगेको ताप्ली गाउँपालिका ओख्लेका सुन्तला उत्पादक कृषक तथा सुन्तला जोनका संयोजक तोपबहादुर ठकुरी बताउछन् ।
कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश विश्वकर्माका अनुसार तीन वर्षदेखि यहाँको पहाडी क्षेत्रका चार गाउँपालिकामा प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर वर्षेनी सुन्तला खेती विस्तार हुँदै गएपछि अहिलेसम्ममा आइपुग्दा जिल्लामा एक हजार १५५ हेक्टर क्षेत्रफलमा विस्तार हुन पुगेको हो । गत वर्ष एक हजार ५५ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती भएको थियो भने यस वर्ष १०० हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।
जिल्लामा २०५५ साल भन्दा अगाडि परम्परागत सुन्तला खेती हुने गरेको र पहाडी क्षेत्रका केही स्थानमा ५० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती हुने गरेको थियो । विसं २०५८ देखि व्यावसायिक रुपमा सुन्तला खेती विस्तार हुँदै २०६४ सालमा आइपुग्दा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा विस्तार भई हाल एक हजार १५५ हेक्टर जग्गामा खेती भइरहेको सुन्तला जोनका प्राविधिक नरनाथ रेग्मीले जानकारी दिए।
अहिले जिल्लाका ताप्ली गाउँपालिकाका ओख्ले, पिपल न्ज्याङ, रुपाटार, तावाश्री, मादले, इनामे क्षेत्र सुन्तला जोन क्षेत्रका रुपमा घोषणा गरिएको छ । सो क्षेत्र सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिभाषित गरिएकाले नै सुन्तला जोन भएको कृषक ठकुरीले बताए ।
यस्तै जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुरगढी गाउँपालिकाका उदयपुर गढी, डुम्रे, तथा रौतामाई गाउँपालिकाका रौता, नामेटार, बोलुङखा, पोखरे, आँपटार, पाँबु, कोप्चे, आहाले, सल्ले, रामेटार क्षेत्र जिल्लाको दोस्रो धेरै सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिचत रहेको कृषि ज्ञान केन्द्रका कर्मचारी बताउँछन् ।
यता जिल्लाको उत्तरी पहाडी क्षेत्रका लिम्चुङबुङ गाउँपालिकाका बलाम्ता, बराह, जाँते, ताम्लीछा, छताङ र ठानागाउँ क्षेत्र जिल्लाको तेस्रो सुन्तला उत्पादन हुने सुन्तला जोनका रुपमा रहेको बताइएको छ । यी क्षेत्रबाहेक त्रियुगा नगरपालिकाका साउने र खाँबु, चौदण्डीगढी नगरपालिकाको चौदण्डी गढी क्षेत्रमा समेत केही वर्षयता आएर व्यापक सुन्तलाखेती विस्तार भएको पाइएको छ ।
अहिलेको गतिमा नै सुन्तलाखेती विस्तार हुँदै गए अवको सात वर्षसम्ममा उदयपुरमा वार्षिक रु ५० करोड भन्दा माथिको सुन्तला उत्पादन हुनसक्ने ज्ञानकेन्द्रका कर्मचारी बताउँछन् । अहिले यहाँका सुन्तला जोनका व्यावसायिक सुन्तला उत्पादक कृषकले अधिकतम एक कृषकले वार्षिक रु ५० हजारदेखि रु १० लाखसम्म सुन्तला उत्पादन गरेर बिक्री गर्न थालेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार