कोरोनाबाट बेलायतमा एक हजार बढीको मृत्यु
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १८:५२:२७
२८ माघ, सिन्ह्वा । बेलायतमा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि मंगलबार एक हजार बढिको मृत्यु भएको छ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको देखाएकाे हो ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् ।
मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन ।
यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।
यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्को एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार