ओली कागजी बादशाह हुन : रामकुमारी झाँक्री
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २१:२:५७
२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताएकी छिन् ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले प्रधानमन्त्री कागजी बादशाह भएको बताएकी हुन् ।
झाँक्रीले भनेकी छिन् “खड्गप्रसाद ओली कागजी बादशाह हुन् । ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ,” । “कागजी बादशाहले शक्ति क्षीण भएपछि आफ्नै बुख्याँचा बनाएर देखाउँछ । केही दिनअघि नै ओलीले कागजी बुख्याँचा बनाएर देखाइसके ।” त्यस्तै उनले राष्ट्रपति जस्तो सम्मानित संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताएकी छिन् ।
उनले भनिन् ‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’। ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’
झाँक्रीले अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले भनेकी छिन्, ‘मलाई जान्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’
लोकतन्त्रमा बोल्न पाइने भन्दै भाषण सुरु गरेकी उनले “बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । जनताका मुखमा टेप टाँसिएको छैन । अँध्यारा कोठामा भएका सेटिङविरुद्ध बोल्न पाइन्छ,” झाँक्रीले भनिन्, “२०४७ सालको आन्दोलन र ०६२/६३ सालको आन्दोलनले भन्छन्, बोल्न पाइन्छ । नागरिकका आन्दोलनले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ । हामी लोकतन्त्र ल्याउने आन्दोलनमा लागि रहँदा को कहाँ थिए भन्ने हिसाब जनतासँग छ ।” उनले आफ्नो पदको मर्यादा नराख्ने व्यक्तिविरुद्ध बोल्नकै लागि लोकतन्त्र ल्याएको पनि बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार