भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन राष्ट्रपतिको जोड
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २०:४७:७
२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाईंका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिएकी हुन् ।
‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ’ राष्ट्रपति भण्डारीले भनिन् । राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको बताए । ओलीले भने, ‘अख्तियारसँग अपराधी थर्कमान हुनै पर्दछ तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो पनि बन्नुपर्दछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार