लोकतन्त्र समाप्त पार्न ओलीले चुनावको घोषणा गरे : श्रेष्ठ
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २१:४६:४४
२८ माघ,काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको दाबी गरेका छन् । बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले चुनाव संविधानअनुसार हुने बताएका छन् ।
उनले भनेका छन्,“हामी चुनाव चाहन्छौं, हरेक राजनीतिक दल लोकतन्त्रमा चुनाव नै चाहन्छन्,” श्रेष्ठले भने, “आदरणीय जनसमुदाय तपाईंले चाहेको कस्तो चुनाव रु संविधानअनुसारको चुनाव कि संविधान समाप्त पार्ने चुनाव रु लोकतन्त्रको रक्षा गर्ने चुनाव कि लोकतन्त्र ध्वस्त पार्ने चुनाव रु”
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । श्रेष्ठले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई उनले फाँसीवादको संज्ञा पनि दिएका छन् । ‘विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नया तरिकाले फाँसीवादको अभ्यास गर्दैछन् । फाँसीवादको असफलता सुनिश्चित छ’ प्रवक्ता श्रेष्ठले भने ।
उनले ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएपनि अहिले सिंगो देश आन्दोलनमय भएको र एकीकृत आन्दोलन भइरहेको बताएका छन् । नेपाली जनताले सामाजिक आर्थिक सम्बृद्धिको अपेक्षा गरेपनि गत निर्वाचनमा जनताले जनादेश दिएर सरकार बनेपनि निरंकुश, पदलोलुप ओलीलाई पार्टी र सरकारको नेतृत्वमा पुर्याएकाले सम्बृद्धिको प्रतिवद्धता पुरा गर्न नसकेकोमा आफ्नो तर्फबाट गल्ति भएको स्वीकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार