शुरु भयो पुष्पलाल लोकमार्गको कालोपत्रे काम
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २३:४०:११
२८ माघ,पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्डमा कालोपत्रेको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शिलान्यास गरेका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्ड याङ्वरक गाउँपालिका–१ च्याङ्थापूबाट काम शुरु गरेको छ ।
मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको ५१ किलोमिटरको थर्पु–चिवाभञ्ज्याङ खण्ड कालोपत्रेको शिलान्यास गरेका हुन । बाँकी खण्डको यसअघि नै कालोपत्रे भइसकेको भए पनि उद्गम खण्डको कालोपत्रे हुन सकेको थिएन । पुष्पलाल राजमार्ग आयोजनाका निर्देशक दीपक केसीका अनुसार मन्त्री नेम्वाङको पहलमा बजेट सुनिश्चित भएपछि कालोपत्रेको बोलपत्र सम्पन्न भएको हो ।
आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्रे हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइसकेको छ । तीन प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ ।
पहिलो खण्ड १६ किमी ठेक्का रोशन–शिव शक्ति जेभी मकवानपुरले रु ५३ करोड १७ लाख ९५ हजारमा लिएको छ । दोस्रो खण्ड १७ किमी ठेक्का सन्तोषी–शिव शक्ति जेभी भकवानपुरले रु ४६ करोड ४६ लाखमा तथा तेश्रो खण्ड १८ किमी ठेक्का रोशन—शिव शक्ति जेभी मकवानपुरले नै रु ४७ करोड ३७ लाख १७ हजारमा लिएको छ । दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्रे निर्माण शुरुआत भएको हो । पाँचथरमा मध्यपहाडी लोकमार्ग १११ किमी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार