ओलीका १० व्यवसायीले बहस नगर्ने
नेपालबहस संवाददाता
माघ २८, २०७७ बिहिबार ३:३:५३
२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका १० भन्दा बढी कानुन व्यवसायीले बहस नगर्ने भएका छन् । आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरुले बुधबार बहस नगर्नेमा नाम लेखाएका हुन् ।
बुधबार प्रधानमन्त्रीका तर्फबाट १५ जना कानुन व्यावसायीले बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘अब ‘बाँकी बहस’ भोलि’ भन्दै इजलास सकिएको बताए । तर, इजालसमा रहेका प्रधानमन्त्रीका कानुन व्यवसायीहरुले ‘थोरै–थोरै समय लिएर आफ्ना कुरा राख्न पाए हुन्थ्यो’ भने ।
प्रधानन्यायाधीश जबराले ‘भोलि नै गरौं’ भने । प्रधानमन्त्रीका कानुन व्यावसायी फेरि बोले, ‘नाम मात्रै टिपाउन पाए पनि हुन्थ्यो ।’ जबराले फेरि भने, ‘ठीकै छ नाम पनि भोलि नै टिपाउनुहोला ।’ तर, प्रधानमन्त्रीका कानुन व्यवसायीहरुले बुधबार नै नाम टिपाउन ढिपी गरे ।
त्यसपछि प्रधानन्यायाधिश जबराले ‘ल ल नाम टिपाएपछि भोलि बहस गर्न दिँदैनौं नि’ भन्दै नाम टिपिदिन आग्रह गरे । यसरी नाम टिपाउनेको संख्या १३-१४ रहेको जनाइएको छ ।
हालसम्म संसद विघटनसम्बन्धी मुद्धामा सरकारको प्रतिरक्षामा ४० जनाले बहस गरिसकेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार महान्यायाधिवक्ता र सरकारी वकिलसमेत गरी सरकार पक्षबाट बहस गर्न १८६ जनाले वकालतनामा लेखाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार