एपीएफको फराकिलो जितमा सावित्राकाे डबल ह्याट्रिक
नेपालबहस संवाददाता
माघ २८, २०७७ बिहिबार ३:२१:३७
२८ माघ, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार आठौं जित हात पारेको छ । बुधबार भएको खेलमा साविक विजेता एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० ले पराजित गरेको हो ।
एपीएफको फराकिलो जितमा सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेतले दुई गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले खेलको छैठौं, ३३ औं, ४७औं, ६०औं, ६२ औं र ७९ औं मिनेटमा गोल गरिन् ।
जारी लिगमा सावित्राको गोल संख्या ३८ पुगेको छ । अनिता बस्नेतले खेलको पहिलो र ५४ औं मिनेटमा गोल गरिन् । चन्द्रपुर विरुद्धको पहिलो खेल एपीएफले ६-० ले जितेको थियो ।
लिगमा शतप्रतिशत जित हात पारेको एपीएफले ८ खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५ अंकको अग्रता बनाएको छ । आर्मी समान खेलबाट १९ अंकसहित दोस्रोमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार