पुरुषतर्फ गण्डकी, सशस्त्र तथा महिलातर्फ पुलिस क्लब विजयी
नेपालबहस संवाददाता
माघ २८, २०७७ बिहिबार ३:२९:३४
२८ माघ, कास्की । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी तथा महिलातर्फ नेपाल पुलिस क्लब विजयी भएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको प्रतिष्र्धामा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो । पुलिसले १८–२५, २५–२२, २५–२३ र २५–१६ अङ्कले आर्मीलाई पराजित गरेको हो । यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको टोलीले विभागीय त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१४, २५–१८ र २५–१७ सहित ३–१ सेटमा जित निकाल्न सफल भएको प्रतियोगिता आयोजक टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिए ।
पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले ३–२ को सेटमा नेपाल पुलिस क्लबमाथि जीत हात पारेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा सशस्त्रले पुलिसलाई पहिलो र दोस्रो सेट २७–२५ र २५–२० अङ्कसहित जीत निकालेकामा तेस्रो र चौथो सेट १९–२५ र ९–२५ मा गुमाउन पुगेको थियो । निर्णायक अन्तिम सेटमा एपिएफले १५–१० अङ्कसहित पुलिसलाई पराजित गर्न सफल भएको थियो ।
प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डाइमण्ड एकेडेमी काठमाडौँले सहभागिता जनाएका छन् । पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०-२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार