शुक्रबार , फागुण २१, २०७७

आगामी फागुन २ गतेदेखि दोस्रो चरणको खोप लगाइने

आगामी फागुन २ गतेदेखि दोस्रो चरणको खोप लगाइने

२९ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आगामी फागुन २ गतेदेखि सञ्चलानमा ल्याउने भएको छ । सरकारले पहिलो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै खोप संचालनमा ल्याउन लागेको हो ।

कोरोनाविरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाइमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म लगाइएको थियो । भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कूटनीतिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णयअनुसार सोमबारदेखि ५ दिनका लागि निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र तोकिएको छ ।

फागुन २ गतेदेखि दोस्रो चरणमा सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वयंसेविका र गाउँपालिकाका कर्मचारी र प्रतिनिधिलाई दिने योजना रहेको छ । अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले दोस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको छ । खोपको सदुपयोगका लागि स्वास्थ्य मन्त्रालयले अत्यन्तै सोचविचारका साथ कोलचेन मेन्टेन गर्दै प्रयोगका लागि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय