हवाई उडान मार्फत भरतपुर जाने यात्रु बढे
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १६:५:१३
२९ माघ,भरतपुर । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए । यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका छन् । जनवरीमा हवाई यात्रुको सङ्ख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरूपमा हवाई यात्रुको सङ्ख्या बढिरहेको बताएका छन् । उनुभयो । उनले भने, “चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रु थप सुरक्षित महसुस गरेका छन् ।” उनले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताएका छन् । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकै दिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए । यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले बताएका छन् ।
भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो सङ्ख्या बढेर ११ हजार ७८४ पुगेको छ । मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्याङ्कले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार