बाइडनको पहिलोपटक समकक्षी सीसँग टेलिफोन कुराकानी
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १६:५४:२८
२९ माघ, पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई देशबीच चलिरहेको तनावका बीच अमेरिकी राष्ट्रपति बाइडनले पहिलोपटक समकक्षी सीसँग टेलिफोन कुराकानी गरेका हुन् ।
सीसँग कुराकानी भएको जानकारी बाइडनले ट्वीटरमार्फत दिएका छन् । उनले भनेका छन्, ‘मैले आज राष्ट्रपति सीसँग कुराकानी गरें र चिनियाँ जनतालाई नयाँ वर्षको बधाई दिए । चीनको व्यापारको तरिकाबारे पनि मैले चिन्ता व्यक्त गरें ।
यसका साथै मैले त्यहाँ भइरहेको मानवअधिकार उल्लंघन र ताइवानीमाथि हुने गरेको ज्यादतीबारे पनि चिन्ता प्रकट गरें ।’ राष्ट्रपति बाइडनले अमेरिकी जनतालाई फाइदा हुने भएमा मात्रै अमेरिकाले चीनसँग मिलेर काम गर्ने समेत बताएको जानकारीसमेत दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भएको थियो । यसबारे बाइडन कार्यकालमा के होला भन्ने चासो विश्व समुदायलाई छ ।
सन् १९७२ मा अमेरिकाको तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले चीनको कम्युनिस्ट पार्टीसँग सामान्य सम्बन्ध कायम राख्न कदम अघि बढाएका थिए, त्यसबेलादेखि हालसम्मको समयक्रममा यी दुई देशबीचको सम्बन्ध सबैभन्दा खराब स्थितिमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार