नेकपा नेतृ झाँक्रीलाई पक्राउको तयारी
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १७:२४:५९
२९ माघ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछ गर्न नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।
तर नेतृ उपस्थित नभएपछि झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज बिहीबार पक्राउको तयारी गरेको छ । यसअघि ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दैगत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।
‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा, ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।
नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद समेत रहेकी झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोधसभामा राष्ट्रपति सम्मानित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
सहकारी ठगीबारे छानबिन भएर नसकिएसम्म रविले गृहमन्त्रीको पद छोड्नुपर्छः कांग्रेस
चैत १४, २०८० बुधबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार