झाँक्री निवासमा नाराबाजी, दंगा प्रहरी परिचालन
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १८:९:५२
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छिन् । प्रहरीले आफूलाई सोधपुछका लागी बोलाए पनि झाँक्रीले त्यो स्वीकार गर्दै भनिन, “मलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउनु ।राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं ।”
प्रधानमन्त्री केपी ओलीको दवावमा नेकपा प्रचण्ड(नेपाल पक्षकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा सादा पोशाकका प्रहरी पुगेपछि नेकपाका कार्यकर्ता भेला भई नाराबाजी गरेका छन् । त्यसपछि प्रहरीले झडप हुनसक्ने भन्दै ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरेको छ।
कार्यकर्ताहरुले “हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ” लगायत नारा लगाउँदै प्रहरी दमन मूर्दावाद भन्दै नाराबाजी गरिरहेका छन्।
भाषणकै आधारमा नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बिहीबार आज नेपालबहस डटकमसँग कुराकानी गर्दै भने, उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको थियौँ तर उनी समयमै नआएपछि प्रहरीलाई सादा पोशाकमै उनको घरमा पठाएका हाैं ।
राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको हो । केही दिनअघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीविरुद्ध गृह मन्त्रालयमा दिएको निवेदनलाई अनुसन्धानको आधार बनाइएको छ ।गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृमाथि अनुसन्धान गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार