बिहिबार , फागुण १३, २०७७

न्यायाधीश सिन्हाकाे प्रश्न, सरकारले फेरि विघटन गर्दियो भने ?

न्यायाधीश सिन्हाकाे प्रश्न, सरकारले फेरि विघटन गर्दियो भने ?

२९ माघ, काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जारी बहसमा प्रधानमन्त्रीतर्फबाट आज बाबुराम दाहाल लगायतका अधिवक्ताले बहस गरेका छन् । यस क्रममा न्यायाधीश र अधिवक्ताहरुबीच प्रतिनिधिसभा विघटनबारे सवाल जवाफ भएको छ ।

बहसका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाले चुनाव भएपछि फेरि विघटन दोहोरिन सक्ने सम्भावना रहेको र त्यसो भएमा के हुने भनी प्रश्न गरेका छन् । संसद पुनर्स्थापना हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटउपर बहस गर्ने क्रममा अधिवक्ता बाबुराम दाहाललाई उनले यस्तो प्रश्न गरेका हुन् ।

‘यदि चुनाव भयो, तर दुई तिहाइ मत प्राप्त भएन भने त्यो बेला विघटनको अधिकार हुन्छ कि हुँदैन ?’ उनले जिज्ञासा राखे । जवाफमा अधिवक्ता दाहालले विघटन भन्नेबित्तिकै डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हाम्रो कल्चर कस्तो भयो भने आफैँ पदमा पुर्‍याउने, आफै खुट्टा तान्ने, ? तर, सिन्हाले उनलाई प्रश्नभित्र रहेर बहस गर्न आग्रह गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

न्यायाधीश सिन्हाले थपे, ‘चुनाव भएको १/२ महिनामा फेरि विघटन गर्छ भने देश कतातिर जान्छ ? हाम्रो संविधानको निष्कर्ष यही हो ? अधिवक्ता दाहालले जवाफमा भने, ‘जनताले ५ वर्षका लागि म्यान्डेट दिएको, काम गर्न दिनुपर्छ । पहिला नै खुट्टा तान्छन् भन्ने छैन । मान्छेले गर्ने कामै होइन त्यो । त्यो फेरि यो अवस्था हुन्छ भन्ने छैन नि !’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय