निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १९:४३:२६
२९ माघ,धनुषा । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ ।
सो ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा उल्लेख गरिएको जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा उल्लेख गरिएको जन्मदिन तथा वर्षबाट आउने उमेर वा निजले व्यक्तिगत विवरणमा लेखी दिएको जन्मदिन वा वर्षबाट आउने उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ, त्यसैलाई आधार मानेर गणना गरिने भनेर व्यवस्था रहेको उल्लेख गरिएको छ ।
त्यसैगरी ऐनअनुसार निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिनसक्ने व्यवस्था गरिएको छ । सो ऐनअन्तर्गत प्रदेश निजामती सेवामा सहायक तेस्रो तहदेखि अधिकृत बाह्रौँ तहसम्मका कर्मचारी रहने व्यवस्था छ ।
प्रदेश निजामती सेवामा प्रशासन सेवा, कृषि सेवा, शिक्षा सेवा, स्वास्थ्य सेवा, कानून सेवा, वन सेवा, आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ सेवा र विविध सेवाको गठन गरिएको छ । ऐनमा खुला र अन्तर सेवा प्रतिस्पर्धाको दायरा बढाइएको छ । जनसङ्ख्याका आधारमा समानुपातिक र समावेशीको सुनिश्चितता गरिएकालगायत थुप्रै प्रगतिशील प्रावधानको व्यवस्थासमेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार