सोमबार , फागुण २४, २०७७

बेमौसमका कारण रासायनिक मलको बिक्री प्रभावित

बेमौसमका कारण रासायनिक मलको बिक्री प्रभावित

२९ माघ, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया मल तीन हजार ६२७ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार २२८ दशमलव २५० मेट्रिक टन र पोटास ३५३ दशमलव ६५ मेट्रिक टन बिक्री गरेको भए पनि अहिले सो कार्यालयको गोदाममा युरिया दुई हजार मेट्रिक टन, डिएपी तीन हजार मेट्रिक टन र पोटास दुई हजार २०० मेट्रिक टन मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल फागुनको पहिलो हप्तासम्म नेपाल आइपुग्ने छ । त्यहाँबाट आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये २० हजार मेट्रिक टन मल वीरगञ्जका लागि आउने छन् । मल आउने क्रम जारी रहेकाले यसको अभाव नदेखिने भए पनि बेमौसम भएकाले मलको बिक्री भने सोचे जस्तो हुन नसकेको बताइएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएकाले आजदेखि बङ्गलादेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने छन् । पहिलो चरणमा २० हजार मेट्रिक टन प्याकिङ्ग गरिएको युरिया मल ल्याउन भारतीय भन्सारसँग प्रक्रिया मिलाउने काम भइरहेको सो कार्यालयले जनाएको छ ।

पहिलो खेपमा २० हजार मेट्रिक टन मल आउने र दोस्रो खेपमा बाँकी रहेको ३० हजार मेट्रिक टन मल आउने छ । नेपालले बङ्गलादेशबाट आजदेखि बङ्गलादेशको चट्टोग्रामबाट मल बङ्गला जलमार्गमार्फत जेश्वररफुल्ना, रोहनपुरर सिंहबादहँुदै रेलमार्गमार्फत विराटनगर, वीरगञ्ज र भैरहवाका गोदाममा सो मल आउने बताइएको छ ।

उता तेस्रोमुलुक अमनबाट ३० हजार मेट्रिक टन युरिया मल नेपाल आउने क्रम जारी रहेको छ र त्यसमध्ये वीरगञ्जका लागि १२ हजार ५०० मेट्रिक टन, विराटनगरका लागि सात हजार ५०० मेट्रिक टन र भैरहवाका लागि १० हजार मेट्रिक टन हुनेछ। कार्यालयले पर्साका १४ स्थानीय तहमा रहेका ११९ वटा सहकारी संस्थामार्फत सो मल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व ४ हप्ता पहिले
नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना २ हप्ता पहिले
प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय ३ हप्ता पहिले
मोरिस आईपीएल इतिहाकै सर्वाधिक महँगा खेलाडी, राजस्थान रोयल्सले किन्यो १६ करोड २५ लाखमा मोरिस आईपीएल इतिहाकै सर्वाधिक महँगा खेलाडी, राजस्थान रोयल्सले किन्यो १६ करोड २५ लाखमा ३ हप्ता पहिले
विकास समितिको विधेयकको मस्यौदा बनाउन शुरु विकास समितिको विधेयकको मस्यौदा बनाउन शुरु ४ हप्ता पहिले
एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरी सम्मानित एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरी सम्मानित १ हप्ता पहिले
ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणको प्रयासमा दमकल परिचालन ६ दिन पहिले
एन्फाले सावित्राको उपचारमा सक्रिय सहयोग गर्ने एन्फाले सावित्राको उपचारमा सक्रिय सहयोग गर्ने ३ हप्ता पहिले