शुक्रबार , फागुण १४, २०७७

झांक्री गिरफ्तारी विरोधमा चार बजे रत्नपार्कमा प्रदर्शन हुने

झांक्री गिरफ्तारी विरोधमा चार बजे रत्नपार्कमा प्रदर्शन हुने

२९ माघ,काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोधमा आज साझ चार बजे रत्नपार्कमा विरोधसभा आयोजना हुने भएको छ । आज बिहान नेतृ झाँक्रीलाई उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा पक्राउ गरेको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गर्नपूर्व कार्यकताहरुले झाँक्री निवासमा नाराबाजि समेत गरेका थिए ।

झाँक्री पक्राउ परसंगै अहिले सामाजिक संजालमा विभिन्न खालका टिका टिप्पणीहरु भईरहेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय