मंगलबार , फागुण १८, २०७७

चन्द नेतृत्वको नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा

चन्द नेतृत्वको नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा

२९ माघ, काठमाडौं । नेकपा ‘क्रान्तिकारी माओवादी’, नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार संयुक्त बैठक गरी संघर्षका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘क्रान्तिकारी माओवादी’, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चार पार्टीबीचको संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्ररवैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको मोर्चाले विज्ञप्तिमार्फत जनाएको छ । रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् ।

mohan

केन्द्रिय समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय