आइतबार , फागुण १६, २०७७

निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थाल्याे : नेता गुरुङ

निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थाल्याे : नेता गुरुङ

२९ माघ,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ परेकोमा आपति जनाएका छन् । उनले झाँक्रीलाई पक्राउ गर्नु भनेको संबिधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रता खोसिनु हो भनेका छन् ।

आफ्ना सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै नेता गुरुङले तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुने जनाएका छन् । उनले लेखेका छन्,रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुन्छ। तर मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसके छ।

बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरेको थियो । अहिले झाँक्रीलाई नेपाल प्रहरीको अपराध महाशाखामा मिनभवनमा सोधपुछको लागि राखेको छ । झाँक्रीको पक्राउ पटि अहिले सामाजिक संजालमा विभिन्न खालको टिका टिप्पणीहरु भईरहेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय