शुक्रबार , फागुण १४, २०७७

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

२९ माघ, धादिङ। धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय