सोमबार , फागुण १७, २०७७

झाँक्री पक्राउबारे बुझ्न आयोगको टोली महाशाखामा

झाँक्री पक्राउबारे बुझ्न आयोगको टोली महाशाखामा

२९ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न आयोगको टोली महाशाखामा पुगेको हो ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।

राज्यविरुद्धको कसुरमा निवासबाटै झाँक्रीलाई पक्राउ गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको बताएको छ ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय