आइतबार , फागुण २३, २०७७

भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन

भोलि माइतीघर मण्डलामा प्रजातान्त्रिक विचार समाजको प्रदर्शन

२९ माघ, काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम बिरुद्ध भोलि माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने भएको छ ।

समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले आज जारी गरेको विज्ञप्तिका अनुसार भोलि माघ ३० गते बिहान ११ बजे माइतीघर मण्डलामा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा विरोध कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त कार्यक्रममा उपस्थितिका लागि समाजका पूर्व अध्यक्ष , सल्लाहकार ,पदाधिकारी , प्रदेश संयोजक , केन्द्रीय कार्य समितिका सदस्य तथा समाजसँग आबद्द सबैलाई अनुरोध गरिएको छ ।

साथै सो कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन कार्यक्रममा सहभागी हुन सबै जनसमुदायमा पनि अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय