मंगलबार , फागुण १८, २०७७

हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्लाको खार्पुनाथमा औषधि अभाव

२९ माघ, हुम्ला । हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन सकेका छैनन् ।
जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको ऐडीले बताए।

कार्यालय प्रमुख नहुँदा सहयोगीको भर

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा कार्यालय सहयोगीले कामकाज गर्न बाध्य भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सम्पूर्ण फाँटमा आफैँ कामकाज गरिरहेका छन्, भने अन्य कार्यालय तथा हुम्ला जिल्लाका सातै गाउँपालिकामा पनि कार्यालय सहयोगीले नै सरकारी कामकाज गरिरहेका छन् ।

यसैबीच, हिल्दुम वितरण केन्द्रमा उपभोक्ता समितिबाट नहर र पोखरी राम्रोसँग मर्मत कार्य नगर्दा सिमिकोट गाउँपालिकाको वडा नं ५, ६ र बजारमा दिनको १५ घण्टा विद्युतभार कटौती हुने भएकाले विद्यार्थीलाई पठनपाठन गर्न र कर्मचारीलाई कामकाज गर्न गाह्रो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय