
२९ माघ, काठमाडौं । आईटीफ विश्व टेनिस टुर–जे ५ को दोस्रो सर्किटअन्तर्गत महिला एकलतर्फ नेपालकी अभिलाषा विष्ट सेमिफाइनलमा भारतीय खेलाडी साइना देशपाण्डेसँग पराजित भएका
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा विष्टलाई भारतकी देशपाण्डेले ६–३ र ६–० अंकले पराजित गरिन् । महिला एकलतर्फ नै बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारी सेमिफाइनलमा प्रवेश गरेका छिन्।
यस्तै पुरुष एकलतर्फ भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दवस तथा स्पेनका तोमस क्युसदा सेमिफाइनलमा प्रवेश गरे । पुरुष डबल्सतर्फ भारतका निशान्त दवस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।
महिला डबल्सतर्फ अमेरिकाकी रुतुजा छप्हल्कर र भारतकी रुदया शाह तथा बेल्जियमकी रोमाने र भारतकी रिया उबोभेजाको जोडी फाइनलमा प्रवेश गरेको आयोजक संस्था नेपाल टेनिस संघले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनीका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतिक्रिया