शुक्रबार , फागुण १४, २०७७

त्यो बेलाका मदन भण्डारीको भाषण र यो बेला कि झाँक्री

त्यो बेलाका मदन भण्डारीको भाषण र यो बेला कि झाँक्री

समाचार टिप्पणी

३० माघ, काठमाडौं । राजनीतिमा एउटा बेला आउछ । कहिले काही अनायशै वा अन्जानमै समयले नेता बनाईदिन्छ । कोही कसैले समय समयमा दिएका महत्वपूर्ण अभिव्यक्तिका कारण नेता हुने गर्छन । २०४७ चैत ५ गतेको दिन काठमाडौंमा तत्कालिन नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरिएको थियो । सो चुनावी सभालाई सम्बोधन गर्दै एमालेका तत्कालिन महासचिव मदन भण्डारीले तत्कालीन राजा वीरेन्द्रलाई ‘राजनीतिमा आउने हो भने श्रीपेच खोलेर र चुनाव लडेर आउन’ भनेर  चुनौति दिएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले त्यसबखत भनेका थिए, ‘मानसम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्,’ यही भाषणका कारण उनी नेपाली राजनीतिमा एकाएक उदाएनन् मात्रै नेपाली कम्युनिष्ट आन्दोलनका एक कुशल नेता समेत बनेर दिवंगत भए ।

भलै अहिलेको अवस्थामा रामकुमारी झाँक्रीलाई दाज्न नमिल्ला तर राष्ट्रपतीय शासन व्यवस्था भएको मुलुकमा व्यक्तिको गतिविधिबारे बोल्दा गणतन्त्रमाथि नै धावा बोलेझै उनलाई पक्राउ गरेर रडाको मच्चाइयो ।

नेपालमा गणतन्त्रको अभ्यास नहुँदै मदन भण्डारीले गरेको त्यो भाषणसँग अहिले रामकुमारीले गरेको भाषणलाई कतिको दाज्न मिल्ला तर राष्ट्रपति विद्यादेवी भण्डारी व्यक्तिलाई गाली गरेको विषयमा सरकारले अपराध संहिताको दफा ५८ लगाएर पक्राउ गर्यो , त्यो भने पटक्कै आकर्षित हुने थिएन ।

यदि त्यस्तो हो भने तत्कालिन राजा वीरेन्द्र शाहप्रतिको भाषण त्यसबेलाको सन्दर्भमा जेल नै जाने खालेको थियो भन्दा अतिसयाेक्ति हुँदैन ।भण्डारीले आफ्नो सम्बोधनका क्रममा अघि बढ्दै भनेका थिए, ‘यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’

मदन भण्डारीले ३० वर्ष अघिको त्यो चुनावी सभामा उल्लेख गरेका न राजा छन् न उनै भण्डारी नै । राजाको श्रीपेच उतारिएको छ र देशमा गणतन्त्र र संघीयताको अभ्यास भइरहेको छ । गणतन्त्र आएपछि उनै भण्डारीपत्नी विद्या भण्डारी दुईपटक राष्ट्रपति भएकी छिन् । तर उनकै पालामा उनकै सहयात्री अथवा कार्यकर्ता रहेकी रामकुमारीले प्रहरी हिरासतमा पुग्नु पर्यो । त्यो पनि उनलाई गरेको व्यक्तिगत गाली गलौजलाई राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै आएका छौं भन्ने कुरा संविधान र कानूनलाई हेरेर भन्ने अवस्था छ तर व्यवहार भने ठ्याक्कै उल्टो । संविधानमा नै व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग भने नागरिकले अझै गर्न पाइरहेका छैनन् भन्ने उदाहरण अहिले उनै राजालाई लल्कार्ने भण्डारीकी पत्नीको कार्यकालमा देशले भोग्न थालेको आभास विहिबार भएको थियो ।

गोरखामा नेकपाले आयोजना गरेको एक सभालाई सम्बोधनका क्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ?, बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ, बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु, शितलनिवास छाडेर कोटेश्वर फर्किए हुन्छ, चाबहिल हो कि बानेश्वर कता घर छ ?

त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, बडामहारानीका लागि म पनि भारी हुन सकौँला, बडामहारानी बिरुद्ध यही कि रेखा लोप्चनलाई चुनाव लडाउँछौं र बडामहारानीलाई चुनावमा हराउँछौं’ झाँक्रीले अगाडी भनेकी थिइन, ’जनताको अधिकारमाथि गिद्धेदृष्टि लगाएर शितलनिवासमा बडामहारानीको बास भएको छ, हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौं, तर त्यसलाई सुनिएन ।

नेकपा एमालेले २०५० सालमा गरेको निणर्य गम्भीर भूल थियो, मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’ झाँक्री त्यतिकैमा रोकिइनन्, ‘विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ, विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहार्यौं, तर हाम्रा कुरा कसैले पनि सुनेनन्, आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ ।’ उनको यही अभिव्यक्ति विरुद्ध विहिबार प्रहरी कार्यालयमा पुग्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय