
३० माघ, काठमाडौ । नेपाल विद्यार्थी संघ ‘वीपी’ नुवाकोटका अध्यक्ष तथा नेपाली कांग्रेस ‘वीपी’ का युवा नेता एवं केन्द्रिय कार्यलय सचीव सुशीलराज वाग्लेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको जस्तो भागिरथि भट्टको घटना जटिल नभएको भनि दिएको अभिव्यक्ति प्रति प्रश्न उठाएका छ्न ।
बिहिवार नेपाली कांग्रेस ‘वीपी’ ले बलात्कार पछि हत्या गरिएका भागिरथि भट्ट, निर्मला पन्त, सम्झना बि.क. लगाएतलाई न्याय दे, बलात्कारिलाई कारबाही गर भन्दै वालुवाटर क्षेत्रमा आयोजना गरेको र्यालि पछि कोणसभामा बोल्दै वाग्ले गृहमन्त्री ज्यू निर्मला पन्तको के कारण जटिल भएको भनि प्रश्न गर्दै जटिल नभएको भनिएको भागिरथि भट्टको हत्यारालाई किन ७-८ दिन सम्म पनि सार्वजनिक गर्न नसकेको भन्दै निर्मला पन्तको जटिल भागिरथि भट्टको जटिल छैन भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन पाइन्छ भनि प्रश्न गरेका छ्न ।
वाग्लेले छोरि जन्माउनु पाप हो, के अब छोरि जन्माउन आमाबाबुले सोच्न पर्ने भएको हो, यसै त छोरिको गर्भमा नै हुने गरेको हत्यालाई अब झन प्रश्य दिएको हो, अब नेपालबाट छोरि बाई बाई भन्दै छोरी मुक्त घोषणा गर्ने हो । भनि सरकारलाई प्रश्न गर्दै नागरिकलाई शान्ति सुरक्षा दिने दायित्व सरकार भएको तर यसबाट सरकार चुकेको आरोप लगाए ।
वाग्लेले सत्ताको लागि बोल्ने नेता तथा राजनैतिक दलका महिला संगठनहरु बलात्कार तथा बलात्कार पछि हत्या गरिएकाको घटनामा कहाँ छन् । पहिला बलात्कार तथा बलात्कार पछि हत्या गरिएकाको अभिभावक बनेर सोच्न आग्रह गरे ।
उनले थपे कुर्सीको लागि सडकमा आउन सक्ने र संविधानमा के छ के छैन वास्ता नगरि कुर्सी जोगाउन लाग्न सक्ने, आम(हडताल गरि जनताको लागि भन्दै जनतलाई दुख दिने नेताहरु हत्याहिंसा बलात्कारका घटनामा कहाँ थिए । कुर्सी र आफ्ना नातागोताको लागि मात्रै सडकमा आउने नेताहरूलाई सधैको लागि बाई बाई गर्न पनि नागरिकलाई आग्रह गरे ।
प्रतिक्रिया