शुक्रबार , फागुण २१, २०७७

स्वाभिमान लघुवित्तको शेयरमूल्य समायोजन

स्वाभिमान लघुवित्तको शेयरमूल्य समायोजन

३० माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वाभिमान लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा प्रयोजनार्थको लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।

price adju

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २३३३ रुपैयाँ तोकिएको छ। नेप्सेले हिजो अर्थात बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार लघुवित्तको शयर प्रतिकित्ता २७९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले फागुन १३ गते रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा वार्षिक साधारण सभा आह्वान गरेको छ।

माघ ५ गते लघुवित्तले शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

swabhaman

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय