
३० माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार इन्स्योरेन्सले १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
त्यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १ करोड ९८ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा १७ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ९८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २०४.०४ गुणा रहेको छ।
प्रतिक्रिया