
३० माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको नेपाल टेलिकमले अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको मुनाफामा घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अधिल्लो वर्ष टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ मुनाफा गरेको थियो।
पुष मसान्तसम्म कम्पनीको बिक्री मुनाफा १७ अर्ब ७२ लाख रुपैयाँमा पुगेको हो छ। त्यसैगरी, टेलिकमको अन्य मुनाफा २ अर्ब ८५ करोड रुपैयाँमा पुगेको छ। टेलिकमको सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरुमा केही वृद्धि भएको छ।
मुनाफासँगै टेलिकमको प्रतिशेयर मुनाफा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ।
टेलिकमको प्रतिशेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ। १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया