शनिबार , फागुण १५, २०७७

ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार तीन गुणा संक्रमण

ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार तीन गुणा संक्रमण

३० माघ, एजेन्सी ।  ब्राजिलमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार तीन गुणा संक्रमण हुने पाइएकाे छ ।  ब्राजिलको अमेजनमा भेटिएका नयाँ प्रकार ‘भेरियन्ट’ तीन गुणा बढी संक्रामक हुने बीबीसीले जनाएकाे छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार कोरोनाको नयाँ प्रकार निकै संक्रमण रहेको बताएको हो । यद्यपि मन्त्रालयले कोरोनाविरुद्धको खोप नयाँ प्रकारको लागि पनि प्रभावकारी देखिएको बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रालयले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेको छैन । ब्राजिलको मानौस सहरमा फैलिएको कोरोनाको नयाँ प्रकारबारे बढिरहेको आशंकाको बीचमा ब्राजिलले उक्त प्रकारको कोरोना निकै संक्रमण रहेको बताएको हो ।

मानौस ब्राजिलको जंगलमा रहेको शहर हो । स्वास्थ्यमन्त्री एडुआर्डो पाजुएल्लोले पछिल्लो समय मुलुकमा फैलिएको कोरोना संक्रमण अनपेक्षित भए पनि अहिले नियन्त्रणमा आएको बताएका छन् ।

स्वास्थ्यमन्त्री एडुआर्डोले संसदीय सुनुवाइको क्रममा मुलुकको योग्य जनसंख्या मध्ये आधालाई आगामी जुन महिनासम्म र बाँकीलाई यस वर्षको अन्तिमसम्म खोप पुर्‍याउने बताएका छन् । तीन साताअघि ब्राजिलले चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र अक्सफोर्ड तथा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपबाट खोप कार्यक्रम सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान १३ घण्टा पहिले
ताला खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि विश्व विद्यालय ताला खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि विश्व विद्यालय ११ घण्टा पहिले
कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे ११ घण्टा पहिले
देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा १ घण्टा पहिले
भाेली पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुँदै, विश्व नेताहरुले सम्बोधन गर्ने भाेली पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुँदै, विश्व नेताहरुले सम्बोधन गर्ने १५ घण्टा पहिले
किशोरी विवाह गरेको अभियोगमा बेहुला र बुबा पक्राउ किशोरी विवाह गरेको अभियोगमा बेहुला र बुबा पक्राउ ७ घण्टा पहिले
नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस ११ घण्टा पहिले
नेकपा विभाजनः अध्यादेश ल्याउनेकि संसदमै सामाना गर्ने ? नेकपा विभाजनः अध्यादेश ल्याउनेकि संसदमै सामाना गर्ने ? २६ मिनेट पहिले