आइतबार , फागुण १६, २०७७

जीर्ण बनेको टरुवा तालको संरक्षण गरिदै

जीर्ण बनेको टरुवा तालको संरक्षण गरिदै

३० माघ,कावासोती ।  नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ ।

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रु सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिकाले जनाएको छ । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि नगरले बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ ।

टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि यति धेरै बजेट विनियोजन भएको हो । पहिलोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यति धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ । कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको हो ।

टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएको नगरपालिकाले जनाएको छ । मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले बताएका छन् । उनका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको रु चार करोड ५५ लाख र कावासोती नगरपालिकाको रु दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढन लागेको हो ।

कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो । बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय