शुक्रबार , फागुण २१, २०७७

सिरहामा होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

सिरहामा होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

३० माघ,लहान । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो ।

मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीकरणको स्टिकर टाँस गरेको हो । अनुगमनका क्रममा एउटा होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटल तथा रेष्टुरेन्टलाई सन्तोषजन वर्ग (ग) र एउटा होटललाई सामान्य वर्ग (घ) वर्गको स्टिकर टाँस गरेको छ । ती होटल र रेष्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोहीअनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको हो । खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अतिउत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिएको छ ।

सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय