
३० माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी नयाँदिल्लीतर्फ लागेका छन् । उपचारको लागि भन्दै खनाल शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । उनमा शरीर काँप्ने रोग रहेको र त्यसैको उपचारका लागि खनाल दिल्ली गएको बताइएको छ ।
नियमित फलोअपका गएको र ४ दिनपछि स्वदेश फर्कने बताइएको छ । खनाल उपचारका लागि चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम रहेका कारण उनी दिल्ली गएका हुन् । खनालको साथमा श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएको बताइएको
प्रतिक्रिया