मंगलबार , फागुण १८, २०७७

सुदूरपश्चिमको पर्यटन विकासका लागि व्यवसायीहरु जुट्दै

सुदूरपश्चिमको पर्यटन विकासका लागि व्यवसायीहरु जुट्दै

३० माघ,पोखरा । सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स ९नाट्टा०को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियामा पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिभ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताएका थिए । उनले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटनमार्फत चलायमान गराउन सकिने बताएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आन्तरिक पर्यटन पुनःरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड पछाडिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने बताएका थिए । उनले सुदूरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिकरुपले अगाडि भए पनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचारप्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएका थिए । आर्कषक गन्तव्य प्याकेजमार्फत ल्याउन सके आगामी दिन आन्तरिक पर्यटकको गन्तव्यमा सुदूरपश्चिम हुनसक्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताएका थिए । उनले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । सरकारका नीति पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल कोभिड–१९ का कारण धेरैले प्राकृतिक र शान्तस्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदूरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँ भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटननको विकास हुने बताएका थिए । नेपाल पर्यटन बोड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रर्वद्धन जोड दिन सके दीर्घकालीनरुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पश्चिमाञ्चल होटल सङ्घमा अध्यक्ष विकल तुलाचन हवाई ‘कनेक्टिभिटी’लाई जोड दिनसके सुदूरपश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा विकास हुने बताए । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताए । सो अवसरमा उनले गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दर सुदूरपश्चिम भ्रमणका लागि आउन आग्रह गरेका थिए ।

नाट्टा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले ‘देव भूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाऊँ’ भन्ने नारासहित लुम्बिनी, गण्डकी कर्णाली प्रदेशलगायतका पर्यटन व्यवसायीसँग अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण कार्यक्रम आयोजना गरिएको बताएका थिए । सात दिने समन्वयात्मक भ्रमण बर्दिया पुगेर समापन हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेप्सेले फुकुवा गर्यो सांग्रिला बैंकको शेयर कारोबार नेप्सेले फुकुवा गर्यो सांग्रिला बैंकको शेयर कारोबार १ घण्टा पहिले
ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ १६ घण्टा पहिले
मिस व्युटिफुल नेपाल २०२१ को ताज पूर्णिमालाई मिस व्युटिफुल नेपाल २०२१ को ताज पूर्णिमालाई २१ घण्टा पहिले
साना किसान लघुवित्तले नबिकेको १२ हजार हकप्रद फागुन २८ गतेदेखि बिक्री गर्ने साना किसान लघुवित्तले नबिकेको १२ हजार हकप्रद फागुन २८ गतेदेखि बिक्री गर्ने १ घण्टा पहिले
२७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी २७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी २० घण्टा पहिले
सेवा प्रदानमा सहजता ल्याउन स्वयंमसेविकालाई साइकल वितरण सेवा प्रदानमा सहजता ल्याउन स्वयंमसेविकालाई साइकल वितरण ५४ मिनेट पहिले
बाटो फराकिलो पार्ने क्रममा माटाले पुरिएर एकको मृत्यु बाटो फराकिलो पार्ने क्रममा माटाले पुरिएर एकको मृत्यु २२ घण्टा पहिले
बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना २० मिनेट पहिले